मा.इश्वरी प्र.पौड्याल

मा.इश्वरी प्र.पौड्याल

निर्वाचन आयुक्त

माननीय निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालको जन्म वि.सं. २०१५ साल वैशाख ११ गते स्याङ्जा जिल्लाको विचारी चौतारा गा.वि.स. वडा नं.६ मा भएको हो ।उहाँले एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजीबाट एमएएससी इन्जिनियरिङ (वातावरण),  त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर (समाजशास्त्र), स्नातकोत्तर (जनप्रशासन), बंगलादेशको युनिभर्सिटी अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजीबाट बीएससी (इञ्जिनियरिङ),  लफबर्ग युनिभर्सिटी अफ टेक्नोलोजी, यूकेबाट डिप्लोमा वातावरणीय (इञ्जिनियरिङका लागि परियोजना तयारी),  तथा एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजीबाट डिप्लोमा (इञ्जिनियरिङ) को शैक्षिक उपाधि हासिल गर्नुभएको छ ।
निर्वाचन आयुक्त पदमा नियुक्त हुनुभन्दा अघि माननीय ईश्वरीप्रसाद पौड्यालले विभिन्न सरकारी निकायहरूमा उच्च ओहोदामा रही काम गर्नुभएको छ । उहाँसँग शान्ति तथा पुनर्निमाण मन्त्रालय, रक्षा मन्त्रालय तथा जल तथा उर्जा आयोगको सचिवालयमा सचिव पदमा रही काम गरेको अनुभव छ ।यसैगरी माननीय पौड्यालले खानेपानी तथा ढल निकास विभागका महानिर्देशक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता, योजना महाशाखातथा प्रशासन महाशाखा प्रमुख (सहसचिव) एवं अनुसन्धान अधिकृत, भौतिक योजना तथा निर्माण मन्त्रालय (योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा) का प्रमुख, सोही मन्त्रालयका प्रवक्ता (सहसचिव), ‘रुरल वाटर सप्लाइ एण्ड सेनिटेसन सेक्टर मोनिटरिङ एण्ड इभ्यालुएसन युनिट’ का प्रमुख (सिनियर सिनियर डिभिजनल इञ्जिनियर), क्षेत्रीय परियोजना व्यवस्थापन कार्यालय (धनगढी तथा इटहरी) का क्षेत्रीय परियोजना व्यवस्थापक, खानेपानी तथा ढल निकास विभागका सिनियर डिभिजनल इञ्जिनियर रूपमा जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
 
उहाँले नेपाल शान्ति कोष (प्राविधिक समिति) का अध्यक्ष, सोही कोषका सदस्य सचिव, समन्वय समितिका अध्यक्ष, ग्रामीण खानेपानी आपूर्ति तथा सरसफाइसम्बन्धी विकास बोर्ड (कोष) का सदस्य, सडक अनुगमन तथा मूल्याङ्कनसम्बन्धी उच्चस्तरीय समितिका सदस्य, प्राविधिक शिक्षा तथा तथा व्यवसायिक तालिम परिषदका सदस्य, आर्थिक नीति तथा बजेट विश्लेषण कार्यदलका सदस्य, राष्ट्रिय योजना आयोग (मानव विकास प्रतिवेदन) का सल्लाहकार समितिका सदस्य, भौतिक योजना तथा निर्माण मन्त्रालय (परिवर्तन व्यवस्थापन टिम) का प्रमुखलगायतका पदमा रही कार्यसम्पादन गर्नुभएको छ ।माननीय निर्वाचन आयुक्त पौड्याल नेपाल इञ्जिनियर्स असोसिएसन, सोसाइटी अफ पब्लिक इञ्जिनियर्स् नेपाल, पश्चिम विकास क्षेत्रीय मञ्च, नेपाल जनप्रशासन संघ (पान), नेपाल मध्यस्थता परिषद (नेप्का), बंगलादेश अलम्नाई, एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजी अलम्नाईको आजीवन सदस्य हुनुहुन्छ । उहाँ सोसाइटी अफ टेक्निकल अडिटर्स् नेपालका उपाध्यक्ष र नेपाल इञ्जिनियरिङ परिषदका सदस्य पनि हुनुहुन्छ ।उहाँ सार्वजनिक खरिद, करार व्यवस्थापन, विवाद निरूपण तथा मध्यस्थता, प्राविधिक परीक्षण, कार्यदक्षता व्यवस्थापन, खानेपानी आपूर्ति तथा खेर गएको पानीको सदुपयोग, तेस्रो पक्षद्वारा गरिने प्राविधिक परीक्षण, करारसम्बन्धी सर्त, करार व्यवस्थापन, अनुगमन तथा मूल्याङ्कन, सीधा वैदेशिक लगानीसम्बन्धी नियामक निकायको ढाँचा सम्बन्धी प्रक्रियालगायतका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा सञ्चालित उच्चस्तरीय तालिम तथा कार्यशालामा सहभागी हुनुभएको छ ।
 
माननीय निर्वाचन आयुक्त पौड्यालले विश्वविद्यालय शोधपत्रका अतिरिक्त ‘जर्नल अफ जापान वाटर वर्कस् असोसिएसन’ (अंक ७९१ सन् २०००) मा लेख छापिएको छ .  उहाँले आफ्नो क्षेत्रमा पुरयाउनुभएको योगदानस्वरूप नेपाल सरकारले प्रदान गर्ने सुप्रबल जनसेवा श्री पदक तथा एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजी अलम्नाई असोसिएसनले दिने ‘विशिष्ट अलम्नाई पुरस्कार’ बाट सम्मानित हुनुभएको छ ।
 

Feedback