निर्वाचन सम्बन्धी कानूनी संरचना

निर्वाचनसम्बन्धी कानूनी संरचना भन्नाले नेपालको सन्दर्भमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचनसँग सम्बन्धित संवैधानिक व्यवस्था तथा कानून बुझिन्छ। निर्वाचनसम्बन्धी कानूनी संरचनाअन्तर्गत मूलतः निम्न कुराहरू पर्दछन् :
क)    निर्वाचनसँग सम्बन्धित संवैधानिक प्रावधानहरू,
ख)    व्यवस्थापिकाले पारित गरेका निर्वाचनसम्बन्धी ऐन तथा निर्वाचनलाई प्रभावित पार्ने अन्य सबै ऐनहरू,
ग)    निर्वाचनसम्बन्धी अध्यादेशहरू,
घ)    निर्वाचन आयोगले बनाएका नियमावलीहरू,
ङ)    निर्वाचनसम्बन्धी महत्वपूर्ण निर्देशिका, कार्यविधि, आदेश र आचार संहिताहरू।

Feedback