राजनीतिक दल दर्ता

 

 
   राजनीतिक दल दर्ताको निवेदन साथ संलग्न हुनुपर्ने कागजातहरु :
विधान २ प्रति
नियमावली २ प्रति,
घोषणापत्र २ प्रति,
झण्डा,
लोगो,
छाप,
चुनाव चिन्ह रोज्ने,
राजनैतिक दलको नाम र सो दलको प्रधान कार्यालयको ठेगाना,
राजनैतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको केन्द्रीय स्तरको समितिका सदस्य तथा अन्य पदाधिकारीको नाम र ठेगाना,
राजनैतिक दलको आय श्रोतको कोष र सो जुटाउने स्रोतको विवरण,
विधान वा नियमावलीमा भएको लोकतान्त्रिक व्यवस्था वा विधान वा नियमावलीमा गर्ने लोकतान्त्रिक व्यवस्था,
विधान वा नियमावलीमा कम्तिमा पाँच वर्षमा एक पटक सो दलका प्रत्येक तहका पदाधिकारीहरुको निर्वाचन हुने व्यवस्था,
विभिन्न स्तरका कार्यकारिणी समितिमा महिला, दलित लगायत उपेक्षित र उत्पीडित क्षेत्रका सदस्यहरु समेत रहने समावेशी व्यवस्था,
दलको विधानमा दलका सदस्यहरुलाई अनुशासित तुल्याउने प्रभावकारी व्यवस्था,
केन्द्रीय भेलाबाट केन्द्रीय कार्य समितिको चयन, विधान पास गर्ने, झण्डा, लोगो कुन राख्ने चुनाव चिन्ह कुन रोज्ने निर्णय हुनुपर्ने, 
केन्द्रीय पदाधिकारीको नागरिकताको प्रमाणित प्रतिलिपि,
निवेदन दर्ताको लागि सो निवेदनमा सवै केन्द्रीय समितिका पदाधिकारीहरुले हस्ताक्षर हुनुपर्ने,
निवेदन, विधान, नियमावली र घोषणापत्रका प्रत्येक पृष्ठमा केन्द्रीय समितिका सबै पदाधिकारीको हस्ताक्षर हुनु पर्ने,
दलको प्रत्येक तहको कार्यकारिणी समितिको गठन विधि र पदावधिको व्यवस्था हुनुपर्ने,
दलको पदाधिकारीको संख्या र निर्वाचन प्रक्रिया,
दलको विधान संशोधन सम्बन्धी प्रक्रिया,
दलको विघटन सम्बन्धी व्यवस्था,
दल दर्ताको निवेदन नेपालको अन्तरिम संविधान, २०६३ र राजनीतिक दल सम्बन्धी ऐन, २०५८ को दफा ७ बमोजिम हुनु पर्ने ।
Feedback