Hon. Dr. Janaki Kumari Tuladhar

Hon. Dr. Janaki Kumari Tuladhar

Election Commissioner

लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका वडा न. २ स्थायी बसोबास भएका. माननीय निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर लखनऊ विश्वविद्यालयबाट विद्यावारिधि हुनुहुन्छ  । उहाँले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर तथा कानुन र शिक्षा संकायमा स्नातक गर्नु भएको छ । 

विगतमा उहाँले ग्रामीण विकास बैकमा प्रवन्धकको रुपमा तत्कालीन सुदूर पश्चिमाञ्चल विकास क्षेत्रमा १४ बर्ष शाखा  प्रबन्धक भइ काम गर्नु भएको थियो । ग्रामिण विकास बैकबाट अवकाश पछिका समय उहाँ कानुन व्यवसायी तथा सामाजिक अभियन्ताका रुपमा आफुलाई उभ्याउदै आउनु भएको छ । उहाँले द्वन्द पिडित, महिला, बालबालिका तथा तेस्रो लिङ्गी, आदिवासी र दलित तथा पिछडा वर्ग र फरक क्षमताको समुदायका समस्याहरू र त्यसको निराकरणका उपायहरूमा वकालत गर्दै आउनु भएको छ । 

उहाँ लुम्बिनी विश्वविद्यालयमा सभासद तथा गण्डकी प्रदेश विकास परिषदको सदस्य हुनुहुन्छ । 

डा. जानकी कुमारी तुलाधरले धर्मेादय सभा काठमाण्डौको सल्लाहकार, कैलाली बार एसोसिएसनको पूर्व सहसचिव तथा नेत्र ज्योति संघ कैलालीको सह कोषाध्यक्ष मा रही योगदान गर्नु भएको छ । उहाँले सयुक्त र।ज्य अमेरिका, मध्यपूर्ब तथा भारतको भ्रमण गर्नु भएको छ । उहाँको एक मात्र छोरी हुनुहुन्छ ।

केही प्रकाशनहरु - 

  • Social Justice in Nepal (An International Journal of Educational Technology and Research. A Peered Reviewed Journal of Education & Humanities, Vol. V : 2015, Number-1: ISSN 2278-232X, APH Publishing Corporation).

  • Transitional Justice Processes and Challenges (Transitional Justice Bulletine 4, Kathmandu)

  • बैदेशिक रोजगारमा महिलाहरुको सुरक्षा, कानून र समस्या ( न्यायदूुत–२१, महिला कानून व्ययसायीहरुको राष्ट्रिय सम्मेलन, धनगढी )

  • महिलाको न्यायमा पहुँच ( न्यायदुत–२३ , महिला कानून व्यवसायीहरुको राष्ट्रिय सम्मेलन, काठमाडांै)

  • नागरिकता सम्बन्धी  प्रावधान, समस्या र समाधानका उपायहरू ( न्यायदूूत–२४  महिला कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन काठमाडांै)

  • नेपालको वैंङ्क सेवामा महिलाको उपस्थिति र सुधारका उपायहरू ( न्यायदुत–२५, महिला कानून व्यवसायीहरुको राष्ट्रिय सम्मेलन काठमाडांै)

  • महिला, बालबालिका तथा सिमान्तकृत बर्ग समुदाय सम्बन्धी कानून (न्यायदूत–२४, कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन नेपालगञ्ज)

  • महिलाको आर्थिक सशक्तिकरण र न्यायमा पहुँचको अवस्था, चुनौती र सम्भावनाहरु ( न्यायदूत–२७, महिला कानून व्यवसायीहरुको राष्ट्रिय सम्मेलन काठमाण्डौ)

  • राजनीतिमा महिला सहभागिता चुनैती र सम्भावना ( अनलाइन खवर २०७२ मंसिर १९ गते)

Feedback